मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढको छ । अघिल्लो दिन उच्च अंकले घटेको सुनचाँदीको मूल्य आज बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलाको ३ हजार ७०० रुपैयाँ र चाँदीको मूल्य १३५ रुपैयाँले बढेको हो । आज सुन तोलाको २ लाख ९० हजार ३०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन सुनको मूल्य २ लाख ८६ हजार ६०० रुपैयाँ रहेको थियो ।
त्यस्तै आज चाँदीको मूल्य तोलाको १३५ रुपैयाँले बढेर ५ हजार ३३५ रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदीको मूल्य ५ हजार २०० रुपैयाँ रहेको थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस