Like us!
Follow us!
Connect us!
Watch us!

विश्वकपको वार्मअप : युएईले दियाे नेपाललाई १४६ रनको लक्ष्य

अर्थ संसार

मंगलबार, २० माघ २०८२, १९ : २१ मा प्रकाशित

विश्वकपको वार्मअप : युएईले दियाे नेपाललाई १४६ रनको लक्ष्य

युएईले आईसीसी पुरुष टी–२० विश्वकपको वार्मअप खेलमा नेपाललाई १४६ रनको लक्ष्य दिएको छ। चेन्नईस्थित एमए चिदम्बरम स्टेडियममा टस हारेर पहिला ब्याटिङ थालेको युएईले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १४५ रन बनाएको हो।

युएईका सोहेब खानले अविजित रहँदै सर्वाधिक ३८ रन बनाए। हर्षित कौशिकले ३५, ओपनर आर्यन्श शर्मा २५, मुहम्मद जोहैब १९, अलिशान सराफु १२ रनमा आउट हुँदा अन्यले राम्रो प्रदर्शन गर्न सकेनन्। नेपालका करण केसी र सन्दीप लामिछानेले समान २ विकेट लिए।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको