बिहीबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । अघिल्लो दिन बढेको सुनचाँदीको मूल्य आज घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन आज तोलाको ९ हजार ५०० रुपैयाँ र चाँदी ६२० रुपैयाँले घटेको हो । आज सुन तोलाको २ लाख ९५ हजार २०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन सुनको मूल्य तोलाको ३ लाख ४ हजार ७०० रुपैयाँ रहेको थियो ।
त्यस्तै आज चाँदी तोलाको ६२० रुपैयाँले घटेर ४ हजार ९८० रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदीको मूल्य ५ हजार ६०० रुपैयाँ रहेको थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस