पछिल्लो एक हप्ताको अवधिमा नेपाली बजारमा सुनको मूल्यमा तीव्र गिरावट आएको छ । यो एक साताको अवधिमा मात्रै सुनको मूल्य २७ हजार ८०० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, गत माघ १६ मा ३ लाख १८ हजार ८०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य माघ २३ गतेसम्म आइपुग्दा २ लाख ९१ हजार रुपैयाँमा झरेको हो । यो साता सुनको मूल्य बढ्नेभन्दा घट्ने क्रम बढेको देखिन्छ ।
महासंघका अनुसार, माघ १८ गते नेपाली बजारमा सुनको मूल्य ३ लाख रुपैयाँ, माघ १९ गते २ लाख ८६ हजार ६००, माघ २० गते २ लाख ९० हजार ३००, माघ २१ गते ३ लाख ४ हजार ७०० रुपैयाँ, माघ २२ गते २ लाख ९५ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
बिहीबारको तुलनामा माघ २३ गते शुक्रबार पनि सुनको मूल्य ४ हजार २०० रुपैयाँले घटेको छ । त्यसदिन सुनको मूल्य २ लाख ९१ हजार रुपैयाँमा कारोबार भएको थियो । समग्रमा यो साता सुनको मूल्य भारी गिरावट आएको हो । विवाह गर्ने लगनको महिना पनि भएको र मूल्य घटेकाले पनि सुनका गहना किन्न आउनेहरु विस्तार बढ्न थालेको व्यवसायीहरुले बताएका छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस