Like us!
Follow us!
Connect us!
Watch us!

विश्वकप क्रिकेट : इंग्ल्यान्डविरुद्ध टस हारेर पहिले बलिङ गर्दै नेपाल, शेर मल्लको डेब्यू

अर्थ संसार

आइतबार, २५ माघ २०८२, १५ : ०८ मा प्रकाशित

विश्वकप क्रिकेट : इंग्ल्यान्डविरुद्ध टस हारेर पहिले बलिङ गर्दै नेपाल, शेर मल्लको डेब्यू

तेस्रोपटक टी–२० विश्वकपमा सहभागिता जनाएको नेपालले आफ्नो पहिलो खेलमा बलियो टोलि इंग्ल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ । मुम्बईस्थित वानखेडे मैदानमा केहीबेरमै सुरु हुने खेलमा नेपालले पहिले फिल्डिङ गर्ने भएको छ । 

इंग्ल्यान्डका कप्तान ह्यारी ब्रुकले टस जितेर पहिले ब्याटिङ रोजेका हुन् । यो सँगै नेपालले पहिलो खेलमा पहिले बलिङ गर्ने भएको हो । नेपालको प्लेइङ ११ मा अनुभवी बलर सोमपाल कामीले स्थान बनाउन सकेनन् ।

नेपालले फास्ट बलिङमा करण केसी र नन्दन यादवलाई रोजेको छ । विश्वकपमा स्पिनर शेर मल्लले डेब्यू गर्दै छन् । एनपीएलमा गरेको उत्कृष्ट प्रदर्शन पछि उनी टिममा परेका हुन् । २३ वर्षीय मल्लले एकैपटक विश्वकपबाट राष्ट्रिय टिममा डेब्यू गर्ने अवसर पाएका छन् । उनलाई समेट्न ललित राजवंशीलाई वेञ्चमा राखिएको छ । टिममा लोकेश बमले पनि स्थान बनाएका छन् ।

नेपालको प्लेइङ–११ :  रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, लोकश बम, गुल्सन झा, करण केसी, शेर मल्ल, नन्दन यादव र सन्दीप लामिछाने ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको