Like us!
Follow us!
Connect us!
Watch us!

टी–२० विश्वकप : नेदरल्यान्ड्सको पहिलो जित, नामिबिया पराजित

अर्थ संसार

मंगलबार, २७ माघ २०८२, १४ : ४६ मा प्रकाशित

टी–२० विश्वकप : नेदरल्यान्ड्सको पहिलो जित, नामिबिया पराजित

आइसिसी टी–२० विश्वकपअन्तर्गत समूह ‘ए’ को खेलमा नेदरल्यान्ड्सले नामिबियालाई सात विकेटले पराजित गर्दै प्रतियोगितामा पहिलो जित निकालेको छ । मंगलबार भारतको नयाँ दिल्लीस्थित अरुण जेट्ली रंगशालामा सम्पन्न खेलमा नामिबियाले दिएको १५७ रनको लक्ष्य नेदरल्यान्ड्सले १८ ओभरमा तीन विकेट गुमाउँदै पूरा गर्‍यो ।

नेदरल्यान्ड्सको जितमा बास डे लिडेले ७२ रनको योगदान दिए । उनले ४८ बलमा पाँच चौका र चार छक्का प्रहार गरे । कोलिन अकरमनले ३२, माइकल लेभिटले २८ तथा कप्तान स्कट एड्वाड्र्सले १८ रन बनाए । नामिबियाका बर्नार्ड स्कल्ज, रुबेन ट्रम्पेलमन र जान निकोल लोफ्टी इटोनले समान एक÷एक विकेट लिए । यसअघि टस हारेर ब्याटिङमा उत्रिएको नामिबियाले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १५६ रन बनाएको थियो । जान निकोल लोफ्टी इटोनले ४२ रन बनाए । उनले ३८ बलमा एक चौका र दुई छक्का प्रहार गरे । जान फ्राइलिन्कले २६ बलमा तीन चौका र एक छक्कासहित ३० रन जोडे ।

जेजे स्मिथले २२ तथा कप्तान गेरहार्ड इरास्मसले १८ रन बनाए । नेदरल्यान्ड्सका लोगन भान विक र बास डे लिडेले समान दुई विकेट लिए भने आर्यन दत्त र फ्रेड क्लासेनले एक÷एक विकेट हात पारे । समूह ‘ए’ मा रहेको नेदरल्यान्ड्सको यो दोस्रो खेल हो । यसअघि डच टोली पाकिस्तानसँग तीन विकेटले पराजित भएको थियो । नामिबियाको भने यो प्रतियोगिताको पहिलो खेल हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको