Like us!
Follow us!
Connect us!
Watch us!

होटेल फरेस्ट इन् लिमिटेडको आईपीओ बाँडफाँड आज, ३३ लाखभन्दा बढी कित्ता सेयरको नतिजा सार्वजनिक हुँदै

अर्थ संसार

सोमबार, ०४ फागुन २०८२, ०८ : ४१ मा प्रकाशित

होटेल फरेस्ट इन् लिमिटेडको आईपीओ बाँडफाँड आज, ३३ लाखभन्दा बढी कित्ता सेयरको नतिजा सार्वजनिक हुँदै

होटेल फरेस्ट इन् लिमिटेडले सर्वसाधारणका लागि जारी गरेको प्राथमिक सेयर (आईपीओ) को बाँडफाँड आज सोमबार हुने भएको छ। कम्पनीको बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलले फागुन ४ गते बिहान बाँडफाँड प्रक्रिया सम्पन्न गर्ने तयारी गरेको जनाएको छ।

कम्पनीले माघ २२ गतेदेखि माघ २६ गतेसम्म सर्वसाधारण लगानीकर्ताका लागि ३३ लाख २० हजार कित्ता सेयर सार्वजनिक निष्काशन गरेको थियो। तोकिएको अवधिभर संकलित आवेदनका आधारमा आज गोलाप्रथामार्फत सेयर बाँडफाँड गरिनेछ।

यसअघि कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि छुट्याइएको कोटाअनुसारको सेयर निष्काशन तथा बाँडफाँड प्रक्रिया सम्पन्न गरिसकेको छ। सर्वसाधारणतर्फको बाँडफाँडपछि कम्पनीको आईपीओ प्रक्रिया पूर्ण रूपमा टुंगिनेछ।

कम्पनीले आईपीओ निष्काशनका लागि नेपाल धितोपत्र बोर्डबाट पौष २० गते स्वीकृति प्राप्त गरेको थियो। नियामक निकायबाट अनुमति पाएपछि कम्पनीले चरणबद्ध रूपमा सेयर निष्काशन प्रक्रिया अघि बढाएको हो।

होटेल फरेस्ट इन् लिमिटेडले काठमाडौँको बुढानिलकण्ठ क्षेत्रमा पाँचतारे स्तरको ‘होलिडे इन रिसोर्ट’ सञ्चालन गर्दै आएको छ। आतिथ्य क्षेत्रमा सक्रिय कम्पनीले पूँजी विस्तारमार्फत सेवा विस्तार र पूर्वाधार सुदृढीकरण गर्ने लक्ष्य राखेको जनाएको छ।

आईपीओ बाँडफाँडपछि लगानीकर्ताले आफ्नो आवेदनको नतिजा बिक्री प्रबन्धकको वेबसाइट तथा सीडीएससीको प्रणालीमार्फत हेर्न सक्नेछन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको