Like us!
Follow us!
Connect us!
Watch us!

पेट्रोलियम पदार्थको मूल्य बढ्यो, नयाँ मूल्य कति ?

अर्थ संसार

आइतबार, ०३ फागुन २०८२, २० : १८ मा प्रकाशित

पेट्रोलियम पदार्थको मूल्य बढ्यो, नयाँ मूल्य कति ?

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको नयाँ मूल्य सार्वजनिक गरेको छ । निगमले सार्वजनिक गरेको नयाँ मूल्य अनुसार पेट्रोलियम पदार्थको मूल्य बढेको हो ।

पेट्रोलको मूल्यमा एक रुपैयाँ र डिजेल÷मट्टीतेलमा ३ रुपैयाँले वृद्धि भएको नेपाल आयल निगले जनाएको छ । नयाँ मूल्य सूची सोमबार राति १२ बजेपछि लागु हुने जनाइएको छ । निगमका अनुसार अब पेट्रोल पहिलो वर्गमा १५४ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १६५ रुपैयाँ र तेस्रो वर्गमा १५७ रुपैयाँ पुगेको छ । 

त्यस्तै डिजेल र मट्टितेलको मूल्य पहिलो वर्गमा १३९ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १४१ रुपैयाँ र तेस्रो वर्गमा १४२ रुपैयाँ पुगेको छ ।  पहिले वर्गमा चारआली, विराटनगर, जनकपुर,अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज, दोस्रो वर्गमा सुर्खेत र दाङ्ग तथा तेस्रो वर्गमा काठमाडौं, पोखरा र दिपायल पर्छन । 

 


 

6991dba238171.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको