Like us!
Follow us!
Connect us!
Watch us!

हिमाली हाईड्रो फण्डको चौथों वार्षिक सभा आह्वान, आईपीओ जारी गर्ने प्रस्ताव पारित गर्ने

अर्थ संसार

आइतबार, ०३ फागुन २०८२, १२ : ०४ मा प्रकाशित

हिमाली हाईड्रो फण्डको चौथों वार्षिक सभा आह्वान, आईपीओ जारी गर्ने प्रस्ताव पारित गर्ने

हिमाली हाईड्रो फण्ड लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशनको प्रस्ताव पारित गर्न चौथो साधारण सभा आह्वान गरेको हो ।

कम्पनीको उक्त सभा फागुन २४ गते काठमाडांैमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान १० बजेदेखि सुरु हुनेछ । उक्त सभामा कम्पनीको जारी पुँजीको २० प्रतिशत आईपीओ निष्काशन गर्ने, आईपीओसँग सम्बन्धित कार्य अघि बढाउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने र आईपीओबाट प्राप्त रकमको उपयोगको बारेमा निर्णय गर्ने प्रस्ताव पारित गरिनेछ ।

यस्तै कम्पनीको अधिकृत, जारी तथा चुक्तापुँजी वृद्धि गर्ने र गत आवको वार्षिक प्रतिवेदन तथा वित्तीय विवरणहरु सार्वजनिक गर्ने प्रस्तावहरु समेत पारित गरिनेछ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको