Like us!
Follow us!
Connect us!
Watch us!

प्रतिनिधिसभा निर्वाचनः प्रत्यक्षतर्फका उम्मेदवारको प्रारम्भिक नामावली आज प्रकाशन हुने

अर्थ संसार

विहीबार, ०८ माघ २०८२, ०६ : ५५ मा प्रकाशित

प्रतिनिधिसभा निर्वाचनः प्रत्यक्षतर्फका उम्मेदवारको प्रारम्भिक नामावली आज प्रकाशन हुने

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत प्रत्यक्ष निर्वाचनका उम्मेदवारहरूको प्रारम्भिक नामावली आज सार्वजनिक हुने भएको छ। निर्वाचन आयोगले उम्मेदवारीमाथि परेका उजुरीहरूको छानबिन प्रक्रिया सम्पन्न भएपछि आज साँझ उम्मेदवारको सूची प्रकाशन गर्ने तालिका तय गरेको हो।

आयोगका अनुसार बुधबार दर्ता भएका उजुरीहरूको अध्ययन र निर्णयपछि आज बेलुका ५ बजेदेखि ७ बजेसम्म सम्बन्धित निर्वाचन क्षेत्रका उम्मेदवारहरूको नामावली सार्वजनिक गरिनेछ। यसले निर्वाचन प्रक्रियालाई औपचारिक रूपमा अर्को चरणमा प्रवेश गराउने आयोगको भनाइ छ।

यसैबीच, माघ ९ गते उम्मेदवारहरूलाई आफ्नो नाम फिर्ता लिने अवसर प्रदान गरिएको छ। सो दिन बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ता लिन सकिनेछ। त्यसपछि दिउँसो १ बजेदेखि ३ बजेसम्म अन्तिम उम्मेदवार सूची सार्वजनिक गरिनेछ भने दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने कार्यक्रम रहेको आयोगले जानकारी दिएको छ।

यसअघि मंगलबार सम्पन्न मनोनयन दर्ता प्रक्रियामा देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा कुल ३४८६ जनाले उम्मेदवारी दर्ता गराएका थिए। आयोगको तथ्यांकअनुसार दर्ता भएका उम्मेदवारमध्ये ३०८९ जना पुरुष, ३९६ जना महिला तथा एक जना अन्य लिङ्ग समूहका रहेका छन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको