Like us!
Follow us!
Connect us!
Watch us!

होटल फरेष्ट इनको आईपीओ बाँडफाँड

अर्थ संसार

सोमबार, ०४ फागुन २०८२, १० : २२ मा प्रकाशित

होटल फरेष्ट इनको आईपीओ बाँडफाँड

होटल फरेष्ट इन लिमिटेडको आईपीओ बाँडफाँड गरिएको छ । कम्पनीले माघ २२ देखि माघ २६ गतेसम्म सर्वसाधारणका लागि बिक्री खुला गरेको आईपीओ आज बाँडफाँड गरेको हो । 

बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेडले आईपीओ बाँडफाँड गरेको हो । कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ३३ लाख २० हजार कित्ता आईपीओ बिक्री खुला गरेको थियो । बिक्री अवधिभर २३ लाख ७१ हजार ३१५ जना आवेदकले २ करोड ५७ लाख ४५ हजार ७०० कित्ताका लागि रीतपूर्वक आवेदन दिएका थिए ।

मागभन्दा बढी मात्रामा आवेदन परेकाले गोला प्रथाबाट आईपीओ बाँडफाँड गरिएको हो । बाँडफाँडमा ३ लाख ३२ हजार आवेदकले १०÷१० कित्ताका दरले आईपीओ हात पारेका छन् भने बाँकी सबै आवेदकको हात रित्तिएको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको