Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेले तोकेको ओपनिङ रेन्ज प्रति रिलायन्स स्पिनिङ मिल्सको आपत्ति

अर्थ संसार

आइतबार, ०३ फागुन २०८२, १० : ३९ मा प्रकाशित

नेप्सेले तोकेको ओपनिङ रेन्ज प्रति रिलायन्स स्पिनिङ मिल्सको आपत्ति

रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले कम्पनीको सेयर कारोबारका लागि निर्धारण गरेको प्रारम्भिक कारोबार मूल्य सीमा (ओपनिङ रेन्ज) प्रति असन्तुष्टि जनाएको छ। कम्पनीले जारी गरेको विज्ञप्तिमा नेप्सेले पहिलो कारोबारका लागि प्रतिकित्ता १०० रुपैयाँदेखि ३०० रुपैयाँसम्मको मूल्य सीमा तोकेको उल्लेख गर्दै उक्त दायरा कम्पनीको वास्तविक वित्तीय अवस्था र मूल्यांकनसँग मेल नखाने जनाएको छ । कम्पनीका अनुसार यो सीमा अंकित मूल्यको करिब तीन गुणासम्म मात्र भएकाले बुक बिल्डिङ प्रक्रियाबाट तय भएको मूल्यभन्दा निकै कम रहेको जनाएको छ ।

धितोपत्र बोर्डको निर्देशिका अनुसार कम्पनीले बुक बिल्डिङ विधिबाट सेयर निष्कासन गरेको थियो । सो क्रममा योग्य संस्थागत लगानीकर्ताबीच प्रतिस्पर्धात्मक बोलपत्रबाट प्रतिकित्ता ६०८ रुपैयाँदेखि ९१२ रुपैयाँसम्म मूल्य निर्धारण भएको थियो। निर्धारित मूल्यमा १० प्रतिशत छुट दिई सर्वसाधारणलाई प्रतिकित्ता ८२० रुपैयाँ ८० पैसामा सेयर बाँडफाँट गरिएको कम्पनीले जनाएको छ।

कम्पनीले ९१२ रुपैयाँको मूल्य काल्पनिक नभई वित्तीय प्रक्षेपण, व्यावसायिक सम्भाव्यता तथा समग्र वित्तीय अवस्थाको विश्लेषणका आधारमा तय गरिएको दाबी गरेको छ। आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासिक (अपरिष्कृत) वित्तीय विवरणअनुसार कम्पनीको प्रतिशेयर नेटवर्थ ४९० रुपैयाँ ५४ पैसा रहेको पनि विज्ञप्तिमा उल्लेख छ।

 

699151f9c7dbb.png

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको