नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलाको ३ हजार रुपैयाँ र चाँदीको मूल्य १२५ रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलाको ३ लाख २ हजार ८०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन सुनको मूल्य तोलाको ३ लाख ५ हजार ८०० रुपैयाँ रहेको थियो ।
महासंघका अनुसार आज चाँदीको मूल्य तोलाको १२५ रुपैयाँले घटेर ४ हजार ८६० रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदीको मूल्य तोलाको ४ हजार ९८५ रुपैयाँ रहेको थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस