Like us!
Follow us!
Connect us!
Watch us!

देशमा उद्योग, व्यवसाय गर्ने वातावरण नै छैन - नरेश कटुवाल

अर्थ संसार

विहीबार, ०७ फागुन २०८२, १६ : ४२ मा प्रकाशित

देशमा उद्योग, व्यवसाय गर्ने वातावरण नै छैन - नरेश कटुवाल

नेपाल राष्ट्रिय व्यवसायी महासंघका संस्थापक अध्यक्ष नरेश कटुवालले अहिले देशमा उद्योग व्यवसाय गर्ने वातावरण नै नरहेको बताएका छन् । अर्थसंसारसँगको कुराकानीमा कटुवालले अहिले व्यवसायीहरु निकै पिडामा रहेको बताएका हुन् । 

राजनीति पेशा भएका कारणले गर्दा अहिले अवस्था निकै नाजुक भएको उनको भनाइ छ । स्थिर सरकार नबनेसम्मका लागि अहिलेको अवस्थाबाट पार पाउन सक्ने अवस्था नरहेको उनी बताउँछन् । उद्योग र व्यवसायप्रति कसैको पनि साचो नरहेकाले अहिले व्यवसायीहरु पलायन भइरहेको उनले बताए । ‘समस्या यतिसम्म भयो कि उद्योगी व्यवसायीहरु विदेश पलायन भइसकेको अवस्था छ । बाँकी रहेकाहरु पनि अहिलेको अवस्था नै रहेमा पलायन हुने अवस्था आउँछ,’ उनले भने । 

देश अहिले चुनावमा केन्द्रित भएकाले जनताले कुनै एउटा दललाई बहुमत दिएको खण्डमा अहिलेको अवस्थाबाट पार पाउन सक्ने सम्भावना रहेको उनी बताउँछन् । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको