शिवरात्रीको ड्युटीका लागि पशुपतिमा खटिएका प्रहरीमाथि आक्रमण गर्ने युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा मकवानपुरको ठुलदमार घर भई काठमाडौं महानरपालिका–१३ चागल बस्ने २५ वर्षीय रिजन श्रेष्ठ छन् ।
श्रेष्ठलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । उनले पशुपतिमा एक प्रहरीलाई लात्तीले छातीमा हानेका थिए । प्रहरीलाई कुटेको उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको थियो । तर, कुट्ने युवकको पहिचान हुन सकेको थिएन ।
मंगलबार मात्रै प्रहरीले एक सूचना निकाल्दै प्रहरीमाथि आक्रमण गर्ने ती युवक पहिचानका लागि नागरिकसँग सहयोग माग गरेको थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस