Like us!
Follow us!
Connect us!
Watch us!

बीमा बजारमा १८ प्रतिशतको 'ग्रोथ' - ६ महिनामा १ खर्ब २० अर्ब संकलन,सक्रिय बीमालेख १ करोड ६२ लाख नाघ्यो

अर्थ संसार

मंगलबार, ०५ फागुन २०८२, १५ : ४६ मा प्रकाशित

बीमा बजारमा १८ प्रतिशतको 'ग्रोथ' - ६ महिनामा १ खर्ब २० अर्ब संकलन,सक्रिय बीमालेख १ करोड ६२ लाख नाघ्यो

चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्मको अवधिमा बीमा कम्पनीहरूको व्यवसाय १८.१ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षको पुस मसान्तसम्मको अवधिमा १४ निर्जीवन र १४ जीवन बीमा कम्पनीले कुल १ खर्ब २० अर्ब ९४ करोड ३३ लाख ३ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका हुन् । यो रकम गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १८.१ प्रतिशत अर्थात् १८ अर्ब ४५ करोड ९९ लाख ४१ हजार रुपैयाँले बढी हो । गत वर्षको ६ महिनामा यस्तो रकम कुल १ खर्ब २ अर्ब ४८ करोड ३३ लाख ६२ रुपैयाँ रहेको थियो । 

नेपाल बीमा प्राधिकरणका अनुसार पुस मसान्तसम्ममा जीवन बीमा कम्पनीहरूले मात्र कुल ९६ अर्ब ६४ करोड ३ लाख ४२ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । यो रकम गत आवको सोही अवधिको तुलनामा १९.५ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा जीवन बीमा कम्पनीहरूले कुल ८१ अर्ब १७ करोड ६८ लाख ४३ हजार रुपैयाँ आर्जन गरेका थिए । त्यसैगरी निर्जीवन बीमा कम्पनीहरूले पनि चालू आवको पुुस मसान्तसम्ममा कुल २४ अर्ब ३० करोड २९ लाख ६१ हजार रुपैयाँ कुल निर्जीवन बीमा शुल्क संकलन गरेका छन् । यो रकम गत आवको सोही अवधिको तुलनामा १४.०६ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा निर्जीवन बीमा कम्पनीहरूले २१ अर्ब ३० करोड ६५ लाख १९ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेका थिए । चालू आवको पुस मसान्तसम्ममा कुल सक्रिय जीवन बीमालेखको संख्या उल्लेख्यरूपमा बढे पनि निर्जीवन बीमा कम्पनीहरूमा कुल बीमालेखको संख्या तुलनात्मकरूपमा कम देखिएको छ । जीवन बीमा कम्पनीहरूमा चालू आवको पुस मसान्तसम्ममा एक करोड ६२ लाख ५० हजार १३६ वटा सक्रिय जीवन बीमालेको संख्या रहेको छ । यो संख्या गत आवको सोही अवधिको तुलनामा १५.७३ प्रतिशतले बढी हो ।

गत आवको सोही अवधिमा जीवन बीमा कम्पनीहरूले कुल १ करोड ४० लाख ४१ हजार ३५३ वटा सक्रिय जीवन बीमालेखको संख्या रहेको थियो । प्राधिकरणका अनुसार चालू आवको पुस मसान्तसम्ममा जीवन बीमा कम्पनीहरूमा कुल जारी बीमालेखको संख्या भने ३६ लाख ८८ हजार ५५ रहेको छ । यो संख्या गत आवको सोही अवधिको तुलनामा २८.९३ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा जीवन बीमा कम्पनीहरूमा जारी बीमालेखको संख्या २८ लाख ६० हजार ४०३ रहेको थियो । कुल निर्जीवन बीमालेखको संख्या भने चालू आवको पुस मसान्तसम्ममा १६ लाख ५० हजार ४१ वटा पुगेको छ । यो संख्या गत आवको सोही अवधिको तुलनामा ५.९२ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा कुल निर्जीवन बीमालेखको संख्या १५ लाख ५७ हजार ७९० रहेको थियो । यो संख्या गत आवको सोही अवधिको तुलनामा ६.३८ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा बीमाको दायरामा आएको कुल जनशंख्या ४३.६२ प्रतिशत रहेको थियो ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको