Like us!
Follow us!
Connect us!
Watch us!

आजको मौसम : देशभर पश्चिमी वायुको आंशिक प्रभाव, चार प्रदेशमा वर्षाको सम्भावना

अर्थ संसार

शनिबार, ०९ फागुन २०८२, ०८ : १० मा प्रकाशित

आजको मौसम : देशभर पश्चिमी वायुको आंशिक प्रभाव, चार प्रदेशमा वर्षाको सम्भावना

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी र गण्डकी प्रदेशलगायत बाँकी हिमाली भूभागमा आंशिक बादल लागेको छ । तराई भूभागका थोरै स्थानहरूमा तुवाँलो लागेको छ ।

आज दिउँसो तराई भूभागका केही स्थानहरूमा हुस्सु तथा कुहिरो रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका  हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ र बाँकी पहाडी र हिमाली भूभागमा आंशिक बादल लाग्नेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । 

कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी र हिमाली भूभागको एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ।  
आज राति तराई भूभागका थोरै स्थानहरूमा तुवाँलो रहनेछ। कोशी, बागमती र गण्डकी  प्रदेशको हिमाली भूभागमा आंशिक बादल लाग्नेछ बाँकी  भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको