Like us!
Follow us!
Connect us!
Watch us!

तोकिएकै मितिमा चुनाव हुन्छ - आयोग

अर्थ संसार

आइतबार, १० फागुन २०८२, १४ : ३३ मा प्रकाशित

तोकिएकै मितिमा चुनाव हुन्छ - आयोग

निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले तोकिएको मितिमै निर्वाचन हुने भन्दै ढुक्क भएर तयारीमा लाग्न आग्रह गरेका छन्।  काठमाडौंमा भएको एक कार्यक्रममा उनले केही तत्वले निर्वाचन बिथोल्ने प्रयास गरे पनि त्यो सफल नहुने बताए।

उनले निर्वाचन निर्धारित समयमै सम्पन्न हुने र उम्मेदवारहरूले भ्रममा नपरी प्रचारप्रसारमा केन्द्रित हुन सुझाव दिए। अनावश्यक हल्ला फैलाएर अस्थिरता सिर्जना गर्ने प्रयास सफल नहुने उनले जिकिर गरे। निर्वाचनको विकल्प निर्वाचन नै भएको उल्लेख गर्दै उनले राजनीतिक दल, उम्मेदवार र सबै शक्तिहरू निर्वाचन प्रक्रियामा प्रतिबद्ध रहेको बताए। निर्वाचन विथोल्ने कुनै पनि गतिविधि सरकारले निषेध गर्ने र आयोगले नजिकबाट अनुगमन गरिरहेको उनले स्पष्ट पारे।

‘केही कुण्ठित व्यक्तिहरूले निश्चित उद्देश्य पूरा गर्ने प्रायोजनका लागि नचाहिने हल्लाहरू गर्न सक्छन्, उनीहरूको निश्चित उद्देश्य पूरा गर्ने प्रायोजनका लागि अब नेपाली जनता साक्षी बस्न सक्दैनन् । अब निर्वाचनको वातावरण बिथोलिने वातारण बन्दैन । जसरी पनि निर्वाचन सम्पन्न हुन्छ,’ उनले भने ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

धेरै पढिएको