नेपाली सेनाले आज भइरहेको प्रतिनिधिसभाको निर्वाचनको सुरक्षाको लागि हेलिकप्टरमार्फत् गस्ती गर्ने भएको छ । सरकारले निर्वाचन शान्तिपूर्णतवरबाट गराउनका लागि सेनालाई हेलिकप्टरमार्फत् गस्ती गर्ने जिम्मेवारी दिएको हो ।
बुधबार बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले देशैभरको निर्वाचन क्षेत्रमा हेलिकप्टरबाट पट्रोलिङ गर्ने निर्णय गरेको थियो भने त्यसलाई बिहीबार कार्यान्वयनमा ल्याएको हो । सेनाको हेलिकप्टरबाहेक अन्य निजी कम्पनीको हेलिकप्टरबाट पनि पेट्रोलिङ गर्ने गृह मन्त्रालयले जनाएको छ । साथै निर्वाचन सुरक्षालाई हेलिकप्टरलाई स्टायण्ड बाइ राख्ने समेत सरकारले निर्देशन दिएको छ । सेनाको हेलिकप्टरबाट मात्रै देशैभर गस्ती गर्न सम्भव छैन त्यसैले अन्य कम्पनीको पनि हेलिकप्टर प्रयोग गर्ने निर्णय सरकारले गरेको हो ।
यता सोमबार नै निर्वाचन आयोगले १५ जिल्लाका ६१ स्थानबाट हेलिकप्टर मार्फत मतपेटिका संकलन गर्ने निर्णय गरेको छ। हेलिकप्टर माग भई आएका डेढ सय मतदान केन्द्रबाट ६१ स्थानमा मतपेटिका संकलन गर्ने र त्यहाँबाट मतगणनास्थलसम्म हेलिकप्टरमा लैजाने निर्णय सोमबार निर्वाचन आयोगले गरेको हो।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस