Like us!
Follow us!
Connect us!
Watch us!

रवि लामिछाने ४ हजार मतान्तरले अगाडि

अर्थ संसार

शुक्रबार, २२ फागुन २०८२, ११ : २४ मा प्रकाशित

रवि लामिछाने ४ हजार मतान्तरले अगाडि

चितवन-२ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले अग्रता बढाएका छन्। हालसम्मको मत परिणामअनुसार घण्टी चुनाव चिह्नका उम्मेदवार लामिछानेले ६ हजार ७ सय मत प्राप्त गरेका छन्।

नेकपा एमालेका उम्मेदवार अस्मिन घिमिरेले २ हजार ३ सय २९ मत प्राप्त गरेका छन्। उनी लामिछानेभन्दा ४ हजार ३ सय ७१ मतले पछि छन्। नेपाली कांग्रेसकी उम्मेदवार मीना खरेलले २ हजार २ सय २२ मत पाएकी छन्। उनी लामिछानेभन्दा ४ हजार ४ सय ७८ मतले पछि छिन्।

यता नेकपाका उम्मेदवार टेक प्रसाद गुरुङले १ हजार ५ सय ५८ मत प्राप्त गरेका छन्। उनी लामिछानेभन्दा ५ हजार १ सय ४२ मतले पछि छन्।मतगणना जारी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको