मोरङ निर्वाचन क्षेत्र नम्बर ६ को प्रारम्भिक मतगणनाले राजनीतिक वृत्तमा ठूलो परकम्प ल्याइदिएको छ। नेपाली कांग्रेसका ’हेभीवेट’ नेता डा. शेखर कोइरालाको विरासत मानिने यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार रुविना आचार्यले फराकिलो अग्रता लिएकी छिन्।
आचार्यले कोइरालालाई मात्र होइन, नेकपा एमालेका उम्मेदवारलाई समेत निकै पछाडि छाड्दै ’एकतर्फी’ दौड सुरु गरेकी हुन्। निर्वाचन अधिकृतको कार्यालयका अनुसार हालसम्म ६ हजार १ सय ३५ मत गणना भएकोमा ५,७३४ मत सदर मत छ । सदर भएको मतमध्ये रुविनाले ३ हजार ४२३ मत पाएकी छिन् । त्यस्तै कांग्रेसका डा. शेखर कोइरालाले ७२८ र एमालेका विनोद ढकाल ६२७ मत पाएका छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस