Like us!
Follow us!
Connect us!
Watch us!

सर्लाही ४ : सुरुवातमै अमरेशसँग पछि परे गगन

अर्थ संसार

शुक्रबार, २२ फागुन २०८२, १४ : २० मा प्रकाशित

सर्लाही ४ : सुरुवातमै अमरेशसँग पछि परे गगन

सर्लाही क्षेत्र नम्बर ४ को मतगणनाको सुरुवाती नतिजा सार्वजनिक भएको छ । सर्लाही ४ मा सुरुवातमै कांग्रेसका सभापति गगन कुमार थापा पछि परेका छन् ।

थापाले ७४४ मत पाउँदा रास्वपाका अमरेश सिंहले ९७६ मत पाएका छन्। यो क्षेत्रमा जनमतका उम्मेदवारले ५११ र एमालेले १९५ मत पाएका छन् । अहिले मतगणना भइरहेको ठाउँ सिंह बसोबास गर्ने पालिकाको हो। सर्लाही क्षेत्र नम्बार ४ को मतगणना शुक्रबार बिहान १०ः२० बजेदेखि सुरु भएको हो ।

गोडैता बजारस्थित बेणी भोला नमूना माध्यमिक विद्यालय गोडैतामा मतगणना जारी छ। सर्लाही ४ मा एक लाख २१ हजार १२ मतदातामध्ये ७७ हजार ९३१ मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको