झापा क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बालेन शाहले मतान्तर बढाएका छन् । यसअघि करिब ४ हजार मतान्तरले अग्रता लिएका बालेनले अहिले मतान्तर बढाएर ५ हजार १२३ पुर्याएका हुन् ।
बालेनले ६ हजार ५५१ मत प्राप्त गरेका हुन् । पछिल्लो परिणाम अनुसार एमाले उम्मेदवार केपी शर्मा ओलीले १ हजार ४२८ मत प्राप्त गरेका छन् । त्यस्तै, नेपाली कांग्रेसका उम्मेदवार मन्धरा चिमरियाले २१६ मत प्राप्त गरेकी छिन् भने नेकपाका उम्मेदवार रन्जित तामाङले १६५ मत प्राप्त गरेका छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस