श्रम संस्कृति पार्टीले प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ मा खाता खोलेको छ । खोटाङमा श्रम संस्कृति पार्टीका आरेन राई विजयी भएसँगै यो पार्टीले प्रतिनिधिसभा सदस्य निर्वाचनमा खाता खोलेको हो ।
१६ हजार ६१२ मत ल्याएर राई विजयी भएका हुन् । नेकपा एमालेका देवबिक्रम राईले १२ हजार ७१४ मत ल्याएका छन् । नेपाली कांग्रेसका वीरकाजी राईले ११ हजार ९५७ मत ल्याउँदा नेपाली कम्युनिस्ट पार्टीका हरि रोकाले ९ हजार ४४३ मत ल्याएका छन्
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का रुद्र गिरीले ५ हजार ७०४ मत प्राप्त गरेका छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस