Like us!
Follow us!
Connect us!
Watch us!

प्रधानमन्त्री बालेन शाह हो, दायाँबायाँ कुरा गर्ने छुट कसैलाई छैन- राजु पाण्डे

अर्थ संसार

मंगलबार, २६ फागुन २०८२, १८ : ०१ मा प्रकाशित

प्रधानमन्त्री बालेन शाह हो, दायाँबायाँ कुरा गर्ने छुट कसैलाई छैन- राजु पाण्डे

काठमाडौं–३ बाट निर्वाचित रास्वपा सांसद राजु पाण्डेले बालेन शाह प्रधानमन्त्री बनाउन आनाकानी गरिए राम्रो नहुने भन्दै नेताहरुलाई जे पायो त्यहि नबोल्न चेतावनी दिएका छन् ।

पत्रकारहरुले डिपी अर्यालले बोलेको कुरा उठाउँदै बालेनको सिपाही हुँ भनेर चुनाव जितेका पाण्डेसँग प्रश्न सोधपछि उनी झोक्किएका हुन् । विभिन्न संचारकर्मीसँग कुराकानी गर्दै पाण्डेले पार्टीको सहमति विपरीत दायाँबायाँ कुरा नगर्न रास्वपाका नेताहरुको ध्यानाकर्षण गराए ।

पाण्डेले डिपी अर्यालप्रति लक्षित गर्दै भने– उहाँले भनेको मलाई थाहा छैन । भनेको हो भने गैह्र जिम्मेवार कुरा हो । त्यो गैह्र जिम्मेवार कुरा गरे जनता कसैले पनि सहनेवाला छैन । हाम्रो प्रधानमन्त्रीको उम्मेदवार वरिष्ठ नेता बालेन्द्र शाह हो । त्यसमा कन्फ्युजन नहुन अनुरोध गर्न चाहन्छु । चाहिने नचाहिने भन्ने छुट छैन ।’

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको