नेपाल आयल निगमले पेट्रोलियम पदार्थ तथा खाना बनाउने ग्यासको अनावश्यक भण्डारण नगर्न सर्वसाधारणमा अनुरोध गरेको छ। निगमले बुधबार विज्ञप्तिमार्फत आवश्यक परिमाणमा मात्र ग्यासको खरिद तथा प्रयोग गर्न उपभोक्तालाई अनुरोध गरेको हो।
मासिक एक सिलिन्डर खपत हुने अवस्थामा अरु सिलिन्डर नभर्न भन्दै निगमले ग्यासको सट्टा बिजुलीको खपत बढाउन आग्रह गरेको छ। “औद्योगिक प्रयोगमा पेट्रोलियम पदार्थ तथा ग्यासको खपत कम गर्ने, इन्धन तथा एलपी ग्यासको आयात र बिक्री वितरणको अवस्था नियमित भइरहेको एवं आगामी दिनमा पनि निरन्तर हुँदै जाने भए पनि विश्वमा पर्ने प्रभावबाट नेपाल पनि अछुत हुन नसक्ने सम्भावनालाई मध्यनजर गरी आवश्यक परिमाणमा मात्रा इन्धन तथा ग्यास खरिद गर्न एवं अनावश्यक भण्डारण नगर्न अनुरोध छ,” निगमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
निगमले कसैले अनावश्यक रूपमा ग्यास सिलिन्डर होल्डिङ (भण्डारण) गरेको पाइएमा, बढी मूल्य लिई ग्यास तथा पेट्रोलियम पदार्थ बिक्री गरेमा, नयाँ सिलिन्डरको बजारीकरण गरेको पाइएमा कानुनबमोजिम कारबाहीको चेतावनी पनि दिएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस