नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलाको २ हजार रुपैयाँ र चाँदी २०५ रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको ३ लाख १७ हजार रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सनुको मूल्य ३ लाख १९ हजार रुपैयाँ रहेको थियो ।
त्यस्तै आज चाँदीको मूल्य पनि २०५ रुपैयाँले घटेर ५ हजार ५१५ रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदी तोलाको ५ हजार ७२० रुपैयाँ रहेको थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस