Like us!
Follow us!
Connect us!
Watch us!

आजको मौसम : पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव, चार प्रदेशमा वर्षाको सम्भावना

अर्थ संसार

बुधबार, ०४ चैत्र २०८२, ०७ : ११ मा प्रकाशित

आजको मौसम : पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव, चार प्रदेशमा वर्षाको सम्भावना

हाल देशमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशका हिमाली भूभागमा साधारणतया बादल लाग्ने तथा पहाडी र तराईमा आंशिक बादल लाग्नेछ ।

कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना छ । त्यसैगरी, आज राति लुम्बिनी, कर्णाली र सुदुरपश्चिम, गण्डकी प्रदेशका पहाडी र हिमाली भागमा साधारणतया बादल लाग्ने छ ।

गण्डकी, बागमती र कोशी प्रदेशका पहाडी र हिमाली भूभागमा आंशिक बादल लाग्ने छ भने  बाँकी भूभागमा मुख्यतया मौसम सफा रहनेछ । सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको