Like us!
Follow us!
Connect us!
Watch us!

८ महिनामा फोन आयातबाट मात्रै साढे ५ अर्ब बढी राजस्व संकलन, करिब ३० अर्बको मोबाइल फोन आयात

अर्थ संसार

सोमबार, ०९ चैत्र २०८२, ०६ : ५८ मा प्रकाशित

८ महिनामा फोन आयातबाट मात्रै साढे ५ अर्ब बढी राजस्व संकलन, करिब ३० अर्बको मोबाइल फोन आयात

चालु आर्थिक वर्षको ८ महिनासम्ममा नेपालमा १५ लाखभन्दा बढी स्मार्टफोन आयात भएको छ । भन्सार विभागका तथ्यांक अनुसार चालु आर्थिक वर्षको फागनु मसान्तसम्मको अवधिमा कुल १५ लाख २८ हजार ४९५ थान स्मार्टफोन भित्रिएका हुन् । 

उक्त स्मार्ट फोनको मूल्य २९ अर्ब ९३ करोड ५९ लाख ४६ हजार रुपैयाँ छ । गत वर्षको सोही अवधिमा १४ लाख ७ हजार ७८ थान स्मार्टफोन २१ अर्ब ९१ करोड ८३ लाख ६० हजार रुपैयाँ बराबर भित्रिएका थिए । चालु आवको ८ महिनामा मोबाइल आयातबाट राज्यले ५ अर्ब ५८ करोड ३८ लाख रुपैयाँ राजस्व आर्जन गरेको छ । फागुन महिनामा मात्रै १ लाख १३ हजार थान मोबाइल आयात भएको तथ्यांक छ ।

नेपालमा अधिकांश स्मार्टफोन चीन र भारतबाट आयात हुने गरेको छ । यस्तै, अमेरिका, अष्ट्रेलिया, जापान, कोरिया, मलेसिया र युएई लगायतका देशबाट पनि स्मार्टफोन भित्राइन्छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको