नेपाली बजारमा सुनचाँदीको मूल्य घट्ने क्रम आज पनि जारी रहेको छ । अघिल्लो दिन पनि घटेको सुनचाँदीको मूल्य आज पनि घटेको हो ।
आज सुन तोलाको ६ हजार ५०० रुपैयाँ र चाँदीको मूल्य ११५ रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको २ लाख ७५ हजार ५०० रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन सुनको मूल्य तोलाको २ लाख ८२ हजार रुपैयाँ रहेको थियो ।
त्यस्तै आज चाँदीको मूल्य ११५ रुपैयाँले घटेर ४ हजार ४२५ रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदीको मूल्य ४ हजार ५४० रुपैयाँ रहेको थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस