Like us!
Follow us!
Connect us!
Watch us!

वैदेशिक शिक्षाको नाममा बाहिरियो ६४ अर्ब बढि रकम — अर्बौ रुपैयाँ शैक्षिक घाटा

अर्थ संसार

बुधबार, ११ चैत्र २०८२, १० : ५६ मा प्रकाशित

वैदेशिक शिक्षाको नाममा बाहिरियो ६४ अर्ब बढि रकम — अर्बौ रुपैयाँ शैक्षिक घाटा

नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को पछिल्लो ७ महिनामा नेपालबाट वैदेशिक शिक्षाको नाममा ६४ अर्ब १५ करोड रुपैयाँ बाहिरिएको छ ।

तथ्यांकअनुसार सेवा खाताअन्तर्गत भ्रमण व्यय १०.६ प्रतिशतले वृद्धि भई १ खर्ब १५ अर्ब ८८ करोड रुपैयाँ पुगेको छ। यसमध्ये शिक्षातर्फको व्यय ६४ अर्ब १५ करोड रुपैयाँ रहेको हो। बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय १ खर्ब ४ अर्ब ७५ करोड रहेकामा शिक्षातर्फको व्यय ६६ अर्ब ६४ करोड रुपैयाँ थियो। सो अवधिमा खुद सेवा आय ५० अर्ब २२ करोड रुपैयाँले घाटामा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय ३६ अर्ब ३८ करोड रुपैयाँले घाटामा थियो। सेवा खाताअन्तर्गत समीक्षा अवधिमा भ्रमण आय सात दशमलव सात प्रतिशतले वृद्धि भई ४९ अर्ब २१ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ४५ अर्ब ६८ करोड रुपैयाँ थियो। 

नेपाली विद्यार्थीहरू उच्च शिक्षा अध्ययनका लागि विदेश जानु सामान्यजस्तै बन्न थालेको छ । नेपालमा दर्जनको हाराहारीमा विश्वविद्यालय छन्, हजारौं क्याम्पस छन् । सिप आर्जनका लागि इन्स्टिच्युटहरु छन् । प्राविधिक शिक्षालयको पनि समस्या छैन तर, त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा विद्यार्थी भिसा च्यापेर देश छाड्न तयार भएका युवाहरुको भिड नै लागेको देखिन्छ । 

किन बढिरहेको छ विदेशतर्फ युवाहरुको आकर्षण ? 

देशमा भएका शिक्षण संस्थाले उत्पादन गरेका जनशक्तिका लागि उपयुक्त वातावरण र गन्तव्य हुन नसक्दा विद्यार्थीहरु बाहिरिने क्रम बढ्दो छ ।  नेपालबाट अध्ययनका लागि भनेर जाने विद्यार्थीहरूको उद्देश्य पढ्नुको साथै पैसा कामाउने र उतै रमाउने हुन थालेको छ । यसले एकातिर नेपालको पैसा विदेशिदै छ भने अर्कोतर्फ नेपालको दक्ष युवा शक्ति बाहिरिँदै छ । 

पछिल्ला वर्षहरूमा हरेकदिन हजारौ नेपाली विद्यार्थीहरू उच्च शिक्षाका लागि विदेश जाने गर्छन । तर, तीमध्ये उच्च शिक्षा अध्ययन गरी दक्ष बनेर कति जना नेपाल फर्कन्छन् भन्ने तथ्यांक भने छैन । विदेशिएको जनशक्ति विरलै फर्कने गरेको देखिन्छ । देशको शिक्षा क्षेत्रको कमि कमजोरी,परिक्षा प्रणालीको समय र शिक्षामा लाग्ने लागतलाई नै विद्यार्थी भिसा च्यापेर देश छाड्न तयार हुने कारक तत्वको रुपमा लिन सकिने जानकारहरु बताउछन् ।

हजारौँको संख्यामा नेपालबाट विद्यार्थी विदेश पलायन भइरहँदा विदेशी विद्यार्थी भने नेपाल भित्रयाउन सकिएको छैन । नेपालबाट ठूलो शिक्षित जनशक्ति बाहिरिने तर विदेशबाट नेपाल अध्ययनका लागि आउने विद्यार्थीको संख्या अत्याधिक न्यून भएका कारण नेपालले वार्षिक अरबौँ रुपैयाँ शैक्षिक घाटा ब्यहोर्नुपरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

धेरै पढिएको