Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्रिय परीक्षा बोर्ड कर्मचारी युनियन स्वेच्छाले भंग, सरकारको १०० दिने सुधार योजनालाई समर्थन गर्दै ऐतिहासिक निर्णय

अर्थ संसार

आइतबार, १५ चैत्र २०८२, १९ : ११ मा प्रकाशित

राष्ट्रिय परीक्षा बोर्ड कर्मचारी युनियन स्वेच्छाले भंग, सरकारको १०० दिने सुधार योजनालाई समर्थन गर्दै ऐतिहासिक निर्णय

राष्ट्रिय परीक्षा बोर्डमा क्रियाशील कर्मचारी युनियन औपचारिक रूपमा विघटन भएको घोषणा गरिएको छ। युनियनले सरकारद्वारा अघि सारिएको शासकीय सुधार तथा मितव्ययितासम्बन्धी नीतिलाई समर्थन जनाउँदै आफ्नो संगठन समाप्त गरेको जनाएको हो।

नयाँ सरकार गठनपछि पहिलो १०० दिनभित्र कार्यान्वयन गरिने कार्यक्रमहरूमा कर्मचारी युनियन हटाउने विषय पनि समावेश गरिएको थियो। सोही नीतिगत दिशालाई आत्मसात् गर्दै बोर्डमा सक्रिय युनियनले आफ्नो अस्तित्व अन्त्य गर्ने निर्णय लिएको बताइएको छ।

नेपाल सरकार मन्त्रिपरिषद्को चैत्र १३ गते बसेको बैठकले स्वीकृत गरेको शासकीय सुधारसम्बन्धी १०० बुँदे कार्यसूचीको बुँदा नम्बर १२ अन्तर्गत प्रशासनिक सुधार, पुनर्संरचना र खर्च नियन्त्रणसम्बन्धी प्रावधानलाई आधार मानेर युनियनले यस्तो कदम चालेको हो।

युनियनका अध्यक्ष राजु ओलियाद्वारा जारी विज्ञप्तिमा सरकारी निर्णयप्रति प्रतिबद्धता जनाउँदै २०८२ साल चैत्र १५ गतेदेखि लागू हुने गरी युनियन विघटन गरिएको उल्लेख गरिएको छ।

सरकारले प्रशासनिक खर्च घटाउने, संरचना सुदृढ गर्ने तथा सार्वजनिक निकायहरूलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित अघि बढाएको नीतिगत पहलका बीच बोर्डमा रहेको कर्मचारी युनियनको अन्त्य भएको हो।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

धेरै पढिएको