नेपाल चेम्बर अफ कमर्सका पूर्वअध्यक्ष राजेन्द्र मल्लले देशको आर्थिक विकास र निजी क्षेत्रका समस्या समाधानका लागि उद्यमी–व्यवसायीबीचको एकता अनिवार्य रहेको बताएका छन्। नेपाल उद्योग वाणिज्य महासंघको ६०औँ वार्षिक साधारणसभाअन्तर्गत हुने निर्वाचनका लागि वस्तुगत समूहको कार्यकारिणी सदस्य उम्मेदवारी घोषणा कार्यक्रममा बोल्दै उनले यस्तो धारणा राखेका हुन्।
महासंघको आगामी निर्वाचनलाई लक्षित गर्दै मल्लले सबै उम्मेदवारहरू सक्षम रहेको उल्लेख गर्दै सफलताको शुभकामना व्यक्त गरे। उनले निर्वाचनमा हार–जित स्वाभाविक प्रक्रिया भएको भन्दै त्यसपछि सबैले सहकार्य र एकताका साथ अघि बढ्नुपर्नेमा जोड दिए। निजी क्षेत्रका विभिन्न संघ–संस्थाबीचको समन्वय र सहकार्यले मात्र देशको अर्थतन्त्रलाई सही दिशामा अघि बढाउन सकिने उनको विश्वास थियो।
‘आजको आवश्यकता भनेकै उद्यमी व्यवसायीको एकता हो । यो चुनाव हुन्छ, कोही हार्लान् कोही जित्लान्, तर चुनाव सकिएपछि हामी हातेमालो गरेर सँगै जानुपर्छ,’ मल्लले भने, ‘हामीले विगत धेरै वर्षदेखि सहकार्य गरिरहेका छौं र यही रूपले हामी सहकार्य गरेर अगाडि बढ्नेछौं ।’
नेपालको निजी क्षेत्रले हाल भोगिरहेको कठिन परिस्थितिको सामना गर्न सबै एकजुट हुनुपर्ने उनको भनाइ छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस