कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले वर्तमान संसद्ले कानुनी रिक्तताहरू पूर्ति गर्नु आवश्यक रहेको बताएकी छन्। उनले डिपी अर्याललाई सभामुख बनाउने प्रस्तावको समर्थन गर्दै यस्तो धारणा व्यक्त गरेकी हुन्।
उनले भनिन् ,‘यसपटकको संसद्ले कानुनी रिक्तता पूरा गर्नुपर्ने छ । शासनलाई प्रभावकारी बनाउन काम गर्नुपर्ने छ । सरकारलाई जवाफदेहिताको कसीमा राख्नका लागि काम गर्नुपर्ने छ।'
यसका लागि सरकार र संसदबीच प्रभावकारी समन्वय आवश्यक रहेको उनले बताइन्। युवाहरूको अपेक्षा सम्बोधन हुने गरी संसद्ले काम गर्नुपर्नेमा उनले जोड दिइन्। अनावश्यक विवादमा अल्झिनु भन्दा परिणाममुखी काममा केन्द्रित हुनुपर्ने र त्यसका लागि सरकार र संसद दुवै जिम्मेवार हुनुपर्ने उनले उल्लेख गरिन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस