संघीय संसदका सांसदहरूले पुनः स्वकीय सचिव राख्न पाउने भएका छन् । मन्त्रिपरिषद् बैठकले संघीय संसदका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐन, २०७३ को अनुसूची परिमार्जन गर्दै यो व्यवस्था पुनर्बहाली गरेको हो।
कानुन मन्त्रालयले पेस गरेको उक्त संशोधन प्रस्ताव स्वीकृत भएसँगै अब स्वकीय सचिवहरूले यसअघि पाइरहेकै सुविधाहरू यथावत् रूपमा पाउनेछन् । यसअघि जनआन्दोलनपछि गठित सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले सांसदहरूको स्वकीय सचिव राख्न पाउने सुविधा खारेज गरेयता यो व्यवस्था रोकिएको थियो।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस