अबदेखि सातामा सेयर बजार ४ दिन मात्रै खुल्ने भएको छ । सरकाले हप्ताको दुई दिन शनिबार र आइतबार सर्वजनिक बिदा दिने निर्णय गरेसँगै नेपाल स्टक एक्सचेन्ज (नेप्से) समेत हप्तामा दुई दिन बन्द हुने भएको हो । अहिले सातामा आइतबार देखि बिहीबारसम्म ५ दिन सेयर बजार खुल्ने गरेको छ । अहिले नै नेप्सेले शुक्रबार पनि सेयर बजार खुल्ला रहने विषयमा कुनै निर्णय नगरेकाले हाललाई सेयर बजार ४ दिन मात्रै कारोबार हुने भएको हो ।
आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले चैत २३ गतेदेखि लागू हुनेगरी सातामा दुई दिन शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस