Like us!
Follow us!
Connect us!
Watch us!

सानिगाड हाइड्रोको आईपीओ बाँडफाँड

अर्थ संसार

आइतबार, २२ चैत्र २०८२, १३ : ०३ मा प्रकाशित

सानिगाड हाइड्रोको आईपीओ बाँडफाँड

सानिगाड हाइड्रो लिमिटेडको बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटडले आज वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरिएको आईपीओ बाँडफाँड गरेको छ । कम्पनीले कुल ८५ लाख ५० हजार कित्ता आईपीओ निष्काशन गर्न अनुमति पाएकोमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि चैत ८ गतेदेखि चैत ११ गतेसम्म ५ लाख ७० हजार कित्ता आईपीओ खुला गरेको थियो ।

उक्त अवधिभर ८३ हजार २४६ जनाले आवेदन दिएकोमा ८३ हजार २१६ जनाले १२ लाख ३० हजार ३० कित्ताका लागि दिएको आवेदन मात्रै स्वीकृत भएको छ। यसरी मागभन्दा बढी मात्रामा आवेदन परेकोले गोलाप्रथा विधिद्वारा आईपीओ बाँडफाँड गरिएको हो । बाँडफाँडमा भाग्यशाली ५७ हजार जना आवेदकले १०/१० कित्ताका दरले आईपीओ हात पारेका छन् भने २६ हजारभन्दा बढी आवेदकको हात रित्तिएको छ ।

यता कम्पनीले आयोजना प्रभावितका लागि निष्काशन गरेको आईपीओमा पर्याप्त आवेदन नपरेपछि अवधि थप भएको छ। आयोजना प्रभाविततर्फको आईपीओ पनि बाँडफाँड भइसकेपछि मात्रै सर्वसाधारणलाई आईपीओ निष्काशन गरिनेछ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको