नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री दीपक खड्कालाई थप सात दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनीविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान अघि बढाइरहेको छ।
यसअघि पनि अदालतले उनलाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो। पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्रीसमेत रहेका खड्कालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले आइतबार बिहान पक्राउ गरेको थियो। गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा खड्काको निवासमा प्रदर्शनकारीले तोडफोड र आगजनी गरेका थिए। उक्त घटनापछि घरभित्र रहेका नेपाली तथा विदेशी मुद्राका नोट जलेको दृश्य सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस