Like us!
Follow us!
Connect us!
Watch us!

सेन्चुरी गिरावट तर्फ सेयर बजार, दुई घण्टामा ८२ अंकको गिराव

अर्थ संसार

आइतबार, २२ चैत्र २०८२, १३ : ११ मा प्रकाशित

सेन्चुरी गिरावट तर्फ सेयर बजार, दुई घण्टामा ८२ अंकको गिराव

आइतबारको सेयर कारोबार जारी रहँदा नेप्से परिसूचक राताम्य भएको छ । साताको पहिलो कारोबार दिन आइतबार बजार खुलेसँगै गिरावट आएको बजारमा १ बजेको कारोबार जारी रहँदा २.९५ प्रतिशतको गिरावट आएको हो । 

आजको कारोबार जारी हरँदा नेप्से परिसूचक ८२.२९ अंकले घटेर २७९९.८८ विन्दुमा पुगेको छ । पछिल्ला केही दिनयता विकसित घटनाक्रमले बजारको मनोविज्ञानलाई गम्भीर रूपमा प्रभावित पारेको देखिन्छ । गत साता पनि सेयर बजारमा साढे ५ प्रतिशत माथिको गिरावट आएको थियो । 

पछिल्लो सयम सरकारले सम्पत्ति शुद्धिकरणको अनुसन्धानलाई तिब्रता दिए पछि बजारमा त्यसको प्रभाव परेको लगानीकर्ताहरको भनाइ छ । यो अवधिमा सेयर बजारमा ६ अर्ब ५६ करोड माथिको कारोबार भएको छ । 
 

69d20f675c034.png

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको