सार्वजनिक खरिद अनुगमन कार्यालयले सम्झौता अनुसार काम नगर्ने आठ वटा निर्माण व्यवसायी र आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ। चैत २२ गते गरिएको निर्णयअनुसार सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम उनीहरूलाई प्रतिबन्ध लगाइएको हो।
काठमाडौँस्थित सिल्क मार्केट प्रालि तथा सर्लाहीको बागमती नगरपालिकाको सिफारिसमा धुलिखेल निर्माण सेवा प्रालिलाई तीन वर्षका लागि कालोसूचीमा राखिएको छ। त्यस्तै, सडक डिभिजन कार्यालय जनकपुरको सिफारिसमा महोत्तरीको ब्रदर्स कन्स्ट्रक्सनलाई एक वर्ष छ महिनाका लागि प्रतिबन्ध लगाइएको छ।
यसैगरी अन्य पाँच कम्पनीलाई एक वर्षका लागि कालोसूचीमा राखिएको छ। ती कम्पनीहरूमा रोल्पाको लोक निर्माण सेवा तथा सप्लायर्स, गोरखाको देबु निर्माण सेवा, चितवनको अभान कन्स्ट्रक्सन, काठमाडौँको सूर्य दीप छापाखाना र रुपन्देहीको हिमशिखा कन्स्ट्रक्सन प्रालि रहेका छन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस