नेकपा एमालेका महासचिव शंकर पोखरेलले विदेशी ऋणको विषयलाई लिएर वर्तमान सरकारले दोहोरो चरित्र देखाएको भन्दै प्रश्न उठाएका छन् । हिजो विदेशी ऋणले देश डुबायो भनेर आलोचना गर्नेहरूले नै अहिले सत्तामा पुगेपछि ठूलो मात्रामा ऋण लिइरहेको भन्दै पोखरेलले सरकारसँग जवाफ मागेका हुन् ।
मंगलबार फेसबुकमा एक टिप्पणी लेख्दै महासचिव पोखरेलले दिगो पूर्वाधार विकासका लागि विदेशी ऋण लिनु नेपालको बाध्यता र आवश्यकता दुवै भएको यथार्थलाई भने स्वीकार गरेका छन् । तर, पूर्ववर्ती सरकारले ऋण लिँदा तीव्र विरोध गर्नेहरूले नै अहिले संसदमा स्पष्ट नीति र प्राथमिकतासमेत नराखी ऋण लिइरहेको उनको भनाइ छ ।
२२ चैतमा बसेको मन्त्रिपरिषद बैठकले १८.५ करोड अमेरिकी डलर अर्थात् करिब २७ अर्ब ५१ लाख रुपैयाँ बराबरको विदेशी ऋण लिने निर्णय गरेको थियो । एमाले महासचिव पोखरेलले हिजो सत्ता बाहिर हुँदा ऋणको विरोध गर्ने र आज सत्तामा हुँदा त्यही ऋण सुटुक्क स्वीकारेको भन्दै वर्तमान सत्ताधारी दलमाथि प्रश्न गरेका छन् ।
उनले लेखेका छन्,
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस