Like us!
Follow us!
Connect us!
Watch us!

सांसदका स्वकीय सचिव एआई र सूचना प्रविधिमा दक्ष हुनुपर्छ - शंकर पोखरेल

अर्थ संसार

आइतबार, ०३ साउन २०८३, १३ : ४१ मा प्रकाशित

सांसदका स्वकीय सचिव एआई र सूचना प्रविधिमा दक्ष हुनुपर्छ - शंकर पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले सांसदका स्वकीय सचिव घरायसी सहयोगीका रूपमा नभई संसदीय कामलाई प्रभावकारी बनाउने दक्ष व्यक्तिका रूपमा छनोट गर्नुपर्ने बताएका छन् । आइतबार पार्टीको संसदीय विभागको कार्यक्रममा बोल्दै पोखरेलले स्वकीय सचिव सूचना प्रविधिमा दक्ष र कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोग गर्न सक्ने हुनुपर्नेमा जोड दिए । 

उनले सांसदहरूले स्वकीय सचिव राख्दा व्यक्तिगत वा घरायसी कामका लागि नभई संसदीय जिम्मेवारी प्रभावकारी बनाउन सक्ने राजनीतिक चेत भएको व्यक्तिलाई प्राथमिकता दिनुपर्ने बताए । सांसदको स्वकीय सचिव राख्नुलाई आवश्यक र स्वाभाविक रहेको बताए

यस्तै, भर्चुअल दुनियाँको अन्तरसंघर्षमा एमाले पछाडि परेको टिप्पणी गर्दै उनले सूचना प्रविधि र डिजिटल माध्यमको महत्व बढिरहेकाले सोही अनुसारको स्वकीय सचिव राख्नुपर्ने सुझाव दिए । उनले संसदभित्र राखिने धारणा र गतिविधिलाई डिजिटल माध्यमबाट पनि प्रभावकारी रूपमा प्रस्तुत गर्नुपर्ने आवश्यकता औंल्याए । सबै सांसदको रुचि र दक्षता एउटै नहुने भएकाले विषयवस्तुको ज्ञान र क्षमताका आधारमा जिम्मेवारी बाँडफाँट र नेतृत्व गर्ने अभ्यास विकास गर्नुपर्ने पनि पोखरेलले बताए ।

उनले भने, ‘तर स्वकीय सचिव राख्ने क्रममा आफ्नो कामलाई प्रभावकारी बनाउने व्यक्ति रोज्नुपर्छ । घरायसी सहयोगी होइन, जसलाई रोज्छौं, ऊ सूचना प्रविधिमा दक्ष हुनुपर्छ वा एआईको तालिम लिएर त्यसको सदुपयोग गर्न सक्ने व्यक्ति हुनुपर्छ । पदीय मर्यादाक्रमलाई बिर्सिएर विषयवस्तुको ज्ञान, दक्षता र ज्ञानको आधारमा लिड गर्नुपर्ने अभ्यास गर्न सक्यौं भने प्रभावकारी हुनसक्छ।'

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको