Like us!
Follow us!
Connect us!
Watch us!

आज मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ डेपुटी गभर्नरको नियुक्ति होला ?

अर्थ संसार

मंगलबार, २४ चैत्र २०८२, १२ : १८ मा प्रकाशित

आज मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ डेपुटी गभर्नरको नियुक्ति होला ?

आज मन्त्रिपरिषद् बैठक बस्दैछ ।  दिउँसो  १ बजे बस्ने बैठकमा सरकारले नेपाल राष्ट्र बैंकमा रिक्त रहेको दुई डेपुटी गभर्नर नियुक्त गर्ने सम्भावना समेत रहेको छ ।

राष्ट्र बैंकको डेपुटी गभर्नर पद एक महिनादेखी खाली रहेको छ । अघिल्लो सरकारले डेपुटी गभर्नर नियुक्तिको जिम्मेवारी नयाँ सरकारलाई नै छोडेको थियो । सोही अनुसार अहिले राष्ट्र बैंकको डेपुटी गभर्नर पदमा नियुक्ति प्रक्रिया अगाडि बढ्ने तयारी गरिएको हो ।

विद्यमान व्यवस्थाअनुसार गभर्नरले राष्ट्र बैंकका कार्यकारी निर्देशकमध्येबाट चार जनाको नाम सिफारिस गर्ने र तीमध्येबाट मन्त्रिपरिषद्ले दुई जनालाई डेपुटी गभर्नरमा नियुक्त गर्ने प्रावधान रहेको छ । हाल राष्ट्र बैंकमा १८ जना कार्यकारी निर्देशक कार्यरत छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको