Like us!
Follow us!
Connect us!
Watch us!

ट्याक्सी चालकको मृत्युलाई लिएर स्थानीयद्धारा जोरपाटी प्रहरी बिटमा आक्रमण, १० प्रहरी घाइते

आइतबार, २६ मंसिर २०७३, १४ : २३ मा प्रकाशित

ट्याक्सी चालकको मृत्युलाई लिएर स्थानीयद्धारा जोरपाटी प्रहरी बिटमा आक्रमण,  १० प्रहरी घाइते


अर्थ संसार 
काठमाडौं–  ट्याक्सी चालकको मृत्युलाई लिएर जोरपाटीको महानगरीय प्रहरी बिट नयाँबस्तीमाथि स्थानीयवासीले आक्रमण गर्दा  १० जना भन्दा बढी प्रहरी घाइते भएका छन् । 

 ट्याक्सी चालक राजु लामा प्रहरीको कुटपिटले मृत्यु भएको भन्दै आक्रोशित स्थानयिवासीले प्रहरी बिटमाथि आक्रमण गरेका हुन् । प्रहरीले मादक पदार्थ सेवन गरेर ट्याक्सी चलाएको आरोपमा चालक लामालाई प्रकाउ गरेको थियो ।

स्थानीयवासीले प्रहरी बिटमा आक्रमण गर्दा दुई तले भवनमा पूर्ण क्षति पुगेको महानगरीय प्रहरी बिटले जनाएको छ । यता प्रहरीले भने लामाको मृत्यु अत्याधिक रक्सी पिएर भएको बताउँदै आएको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको