Like us!
Follow us!
Connect us!
Watch us!

एनटीसीले ल्यायो नयाँ वर्ष २०८३ को अफर

अर्थ संसार

सोमबार, ३० चैत्र २०८२, ११ : २२ मा प्रकाशित

एनटीसीले ल्यायो नयाँ वर्ष २०८३ को अफर

नेपाल टेलिकमले नयाँ वर्ष २०८३ को अवसरमा प्रिपेड तथा पोस्टपेड मोबाइल ग्राहकका लागि विशेष अफर सार्वजनिक गरेको छ ।कम्पनीका अनुसार अफरअन्तर्गत ‘न्यु इयर लाइट’ र ‘न्यु इयर प्रिमियम’ गरी दुई प्रकारका डेटा प्याकेज उपलब्ध गराइने छन् । ‘न्यु इयर लाइट’ प्याकेजअन्तर्गत ४९९ रुपैयाँमा प्रतिदिन ५ जीबी डेटा उपलब्ध हुनेछ । उक्त सीमा पूरा भएपछि पनि बाँकी समय २ एमबीपीएस स्पिडमा अनलिमिटेड डेटा प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ ।

यस्तै ‘न्यु इयर प्रिमियम’ प्याकेजअन्तर्गत ६९९ रुपैयाँमा प्रतिदिन १० जीबी डेटा उपलब्ध हुनेछ । १० जीबीको सीमा सकिएपछि पनि बाँकी समय ३ एमबीपीएस स्पिडमा अनलिमिटेड डेटा प्रयोग गर्न सकिनेछ । दुवै प्याकेजको प्रयोग अवधि ३० दिनको रहनेछ । कम्पनीका अनुसार चैत ३० गतेदेखि आगामी वैशाख २ गतेसम्म यी प्याकेज खरिद गर्न सकिनेछ । पोस्टपेड मोबाइल प्रयोगकर्ताले लिएको प्याकेजको शुल्क मासिक रेन्टल चार्जमै समावेश हुने व्यवस्था गरिएको छ ।

ग्राहकले नयाँ वर्ष २०८३ अफर लिन मोबाइलबाट *१४१५# डायल गर्न सक्नेछन् । साथै नेपाल टेलिकम एपमार्फत पनि उक्त प्याकेज खरिद गर्न सकिने कम्पनीले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको