नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ । आज सुन तोलाको २ हजार ९०० रुपैयाँ र चाँदीको मूल्य १५५ रुपैयाँले बढेको हो ।
सुनको मूल्य बढेर तोलाको ३ लाख माथि पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलाको ३ लाख २ हजार ७०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन सुनको मूल्य २ लाख ९९ हजार ८०० रुपैयाँ रहेको थियो ।
त्यस्तै आज चाँदीको मूल्य १५५ रुपैयाँले बढेर ५ हजार २२० रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदीको मुल्य ५ हजार ६५ रुपैयाँ रहेको थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस