शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले एसईई दिएका विद्यार्थीलाई लक्षित गर्दै ‘इन्स्पायर सिरिज’ सुरु गरेको छ।
शिक्षामन्त्री सस्मित पोखरेल ले विद्यार्थीलाई भविष्यको दिशा तय गर्न सहयोग पुर्याउने उद्देश्यले यो कार्यक्रम सुरु गरिएको बताए। उनका अनुसार, सिरिजमा विभिन्न क्षेत्रका सफल व्यक्तित्वहरूले आफ्ना संघर्ष र अनुभवहरू प्रस्तुत गर्नेछन्।
पोखरेलले सामाजिक सञ्जालमा लेखेका छन्,‘मन्त्रालयको सामाजिक सञ्जालमार्फत प्रसारण हुने यी सामग्रीहरूले तपाईँहरूलाई भविष्यको मार्गचित्र कोर्न र नयाँ सम्भावनाहरू खोज्न थप ऊर्जा दिनेछन् भन्ने मैले अपेक्षा लिएको छु। यो समयलाई रचनात्मक बनाउनुहोस् र आफ्नो क्षमता निखार्न तर्फ लाग्नुहोस् शुभकामना।'
मन्त्रालयले विभिन्न क्षेत्रमा सफल भएका व्यक्तिको सफलताको कथा भिडिओ बनाएर सार्वजनिक गर्ने जनाएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस