Like us!
Follow us!
Connect us!
Watch us!

हाइब्रिड सवारी प्रविधिमा प्राविधिक तालिम सम्पन्न, विद्यार्थी र ट्राफिक चालकलाई व्यवहारिक सीप हस्तान्तरण

अर्थ संसार

शुक्रबार, ०४ बैशाख २०८३, ०८ : ०६ मा प्रकाशित

हाइब्रिड सवारी प्रविधिमा प्राविधिक तालिम सम्पन्न, विद्यार्थी र ट्राफिक चालकलाई व्यवहारिक सीप हस्तान्तरण

अटोमोबाइल क्षेत्रको प्रविधिगत विकाससँगै जनशक्ति दक्षता अभिवृद्धि गर्ने उद्देश्यले हाइब्रिड सवारीसाधनसम्बन्धी विशेष प्राविधिक तालिम काठमाडौँमा सम्पन्न भएको छ। नाइमा को समन्वयमा आयोजित उक्त तालिम युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रा. लि. को प्राविधिक सहयोगमा काठमाडौँस्थित केन्द्रीय कार्यालयमा सञ्चालन गरिएको हो।

कार्यक्रममा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीइभिटी) अन्तर्गत बालाजु इञ्जिनियरिङ तथा प्रविधि विद्यालय का डिप्लोमा तह पाँचौँ सेमेस्टरका विद्यार्थीहरू तथा ट्राफिक चालकसहित २५ भन्दा बढी सहभागीको उपस्थिति रहेको थियो। उनीहरूलाई लक्षित गर्दै हाइब्रिड सवारीसाधनको संरचना, सुरक्षा र मर्मतसम्भार सम्बन्धी प्राविधिक ज्ञान तथा प्रयोगात्मक सीप प्रदान गरिएको आयोजकले जनाएको छ।

यसअघि सहभागीहरूले विद्युतीय सवारीसाधनसम्बन्धी तालिममा समेत सहभागिता जनाइसकेका थिए। चरणबद्ध रूपमा ईभीदेखि हाइब्रिड प्रविधिसम्मको ज्ञान जोड्दै समग्र प्राविधिक क्षमता अभिवृद्धि गर्ने उद्देश्य राखिएको नाइमाले जनाएको छ।

कार्यक्रममा नाइमाका कार्यकारी निर्देशक राज कुमार दुलाल ले यस्ता तालिमहरूले विद्यार्थी र प्राविधिक जनशक्तिको सीप विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे। माग र स्रोतका आधारमा आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिने पनि उनले जानकारी दिए।

उद्घाटन सत्रमा खुशीराम अधिकारी ले हाइब्रिड सवारीसाधनसम्बन्धी विषयलाई पाठ्यक्रममै समावेश गर्ने तयारी भइरहेको उल्लेख गर्दै नेपालको भौगोलिक अवस्थालाई ध्यानमा राख्दा यस्ता प्रविधिको महत्व बढ्दै गएको बताए।

त्यस्तै, बालाजु इञ्जिनियरिङ तथा प्रविधि विद्यालयका उपप्राचार्य प्रदीप न्यौपाने ले अटो उद्योग र प्राविधिक शिक्षाबीचको सहकार्य अझ सुदृढ गर्नुपर्ने आवश्यकता औंल्याए।

कार्यक्रमको समापन सत्रमा वैद्यज अर्गनाइजेशन अफ इन्डस्ट्रिज एण्ड ट्रेडिङ हाउसेज का निर्देशक सूर्यांश वैद्य ले यस्ता तालिमहरूले सहभागीहरूको पेशागत विकासमा सहयोग पुर्‍याउने र नवप्रवर्तनलाई प्रोत्साहन गर्ने विश्वास व्यक्त गरे।

उक्त तालिममा हाइब्रिड सवारीसम्बन्धी प्रशिक्षण टोयोटा का प्राविधिक विज्ञहरूले प्रदान गरेका थिए भने विद्युतीय सवारीसाधनसम्बन्धी तालिम लक्ष्मी हुन्डाई का विशेषज्ञहरूले सञ्चालन गरेका थिए।

69e199b86381d.gif

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको