Like us!
Follow us!
Connect us!
Watch us!

इरान-अमेरिका युद्ध: ध्वस्त ऊर्जा पूर्वाधार बन्न वर्षौँ लाग्ने, ट्रम्पको आश्वासनका बीच झनै बढ्दो संकट

अर्थ संसार

आइतबार, ०६ बैशाख २०८३, १२ : ३७ मा प्रकाशित

इरान-अमेरिका युद्ध: ध्वस्त ऊर्जा पूर्वाधार बन्न वर्षौँ लाग्ने, ट्रम्पको आश्वासनका बीच झनै बढ्दो संकट

इरानसँगको द्वन्द्व सुरु भएको करिब ५० दिन पुग्न लाग्दा विश्वले ऊर्जा उत्पादनमा क्षति व्यहोरेको छ। यो अवधिमा ५० अर्ब डलर भन्दा बढी मूल्यको कच्चा तेल बजारमा आउन सकेन।  'स्ट्रेट अफ हर्मुज' को नियन्त्रण र सुरक्षालाई लिएर इरानी पक्षबाट मिश्रित प्रतिक्रिया आइरहेका बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यको प्रयास भइरहेको बताए पनि ठोस नतिजा आउन अझै बाँकी छ।

फेब्रुअरीको अन्त्यदेखि सुरु भएको संकटले विश्व बजारबाट ५० करोड ब्यारेल भन्दा बढी कच्चा तेल र कन्डेन्सेट गायब बनाएको छ। केप्लरको तथ्याङ्कले यसलाई आधुनिक इतिहासकै सबैभन्दा ठूलो ऊर्जा अवरोधका रूपमा चित्रण गरेको छ। यसले विश्वभरका जहाजलाई १० हप्तासम्म उडाउन वा संसारभरका सवारी साधनलाई ११ दिनसम्म लगातार गुडाउन पुग्थ्यो। यो परिमाण अमेरिका जस्तो शक्तिशाली राष्ट्रको एक महिनाको कुल माग वा अमेरिकी सेनालाई करिब ६ वर्षसम्म पुग्ने इन्धन बराबर हो।

खाडी क्षेत्रको उत्पादन र निर्यातमा ठूलो गिरावट

मार्च महिनामा खाडीका अरब राष्ट्रहरूले दैनिक ८० लाख ब्यारेल कच्चा तेल उत्पादन गर्ने क्षमता गुमाएका छन्। विशेषगरी हवाई इन्धनको निर्यातमा भारी गिरावट आएको छ। फेब्रुअरीमा झण्डै २ करोड ब्यारेल निर्यात भएकोमा मार्च र अप्रिलमा यो घटेर ४१ लाख ब्यारेलमा झरेको छ। यो गिरावटले न्युयोर्क र लन्डनबीच हुने २० हजार राउन्ड-ट्रिप उडानलाई आवश्यक पर्ने इन्धनको अभाव देखाउँछ। द्वन्द्व सुरु भएदेखी तेलको औसत मूल्य प्रतिब्यारेल १०० डलर रहेको आधारमा , विश्व अर्थतन्त्रले ५० अर्ब डलर बराबरको राजस्व गुमाएको छ। यो रकम जर्मनीको कुल गार्हस्थ्य उत्पादनको १ प्रतिशत वा साना युरोपेली देशहरूको कुल जीडीपी बराबर हो। उत्पादन र आपूर्ति पुनः सुरु गर्ने प्रयास भए पनि कुवेत र इराकका तेल खानीहरूलाई पुरानै लयमा फर्कन ५ महिनासम्म लाग्न सक्छ।

अझ कतारको रास लफान जस्ता ठूला एलएनजी र रिफाइनिङ केन्द्रहरूको क्षतिलाई हेर्दा क्षेत्रीय ऊर्जा पूर्वाधार पूर्ण रूपमा तयार हुन वर्षौँ लाग्ने देखिएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको