Like us!
Follow us!
Connect us!
Watch us!

घरबाटै एनओसी लिन सकिने

अर्थ संसार

आइतबार, ०६ बैशाख २०८३, १६ : ४६ मा प्रकाशित

घरबाटै एनओसी लिन सकिने

वैदेशिक अध्ययनमा जाने विद्यार्थीले अब घरबाटै वैदेशिक अध्ययन अनुमतिपत्र ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) लिन सक्ने भएका छन् ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको सानोठिमीस्थित एनओसी शाखाले एनओसी सर्टिफिकेट लाई फेसलेस बनाउन एनओसी अनलाइन पोर्टल र त्रिभुवन विश्वविद्यालय (त्रिवि) तथा काठमाडौँ विश्वविद्यालय(केयू)बीच एपीआई गर्ने कार्य सम्पन्न गरेको हो । उक्त प्रयोजनका लागि यही वैशाख ४ गते त्रिविसँग सम्झौता भएको छ भने केयूसँग यसअघि नै सम्झौता भइसकेको छ । योसँगै विद्यार्थीहरूले घरमै बसेर अनलाइनमार्फत एनओसीका लागि आवेदन दिन सक्नेछन् । साथै सम्पूर्ण प्रक्रिया पूरा भएपछि आफ्नो प्रमाणपत्र आफैँले प्रिन्ट गरी प्रयोग गर्न सक्ने व्यवस्था गरिएको छ ।

आवेदकले आवेदन दिएपछि नागरिकता विवरण गृह मन्त्रालय अन्तर्गतको ‘सिटिजन इन्फरमेसन म्यानेजमेन्ट’ (सीआइएमएस) ) मा भेटिएमा र एनईबी विवरण मिलेर प्रमाणपत्र देखिएमा कार्यालयमा जानु पर्दैन। तर स्नातकोत्तर वा सोभन्दा माथिका लागि विश्वविद्यालयसँग सिस्टम नजोडिएकाले सर्टिफिकेट रुजु गर्न भने भौतिक उपस्थित हुनुपर्छ।

एनओसीको शुल्क महालेखा नियन्त्रण कार्यालय को ‘रेभिन्यू इन्फरमेशन क्यासलेस म्यानेजमेन्ट सिस्टम’ (रिमास) मार्फत अनलाइन तिर्न सकिन्छ र स्वीकृत सर्टिफिकेट प्रोफाइलबाट क्यूआर स्क्यानरबाट डाउनलोड गर्न मिल्छ।

त्रिवि र केयूसँग अन्तरआवद्धता भएपछि आवेदकले स्नातकोत्तर वा सोभन्दा माथि अध्ययन गर्न जाँदाको हकमा आवेदकले आवेदनमा राखेको विश्वविद्यालयको रजिस्ट्रेसन नम्बर, जन्ममिति विवरणको आधारमा त्रिवि र केयूसँग फेसलेस अन्तरआवद्धता भएको सिस्टमबाट प्रमाणपत्रका विवरणहरू देखिने र आवेदक सर्टिफिकेट विवरणहरू रुजु गर्न भौतिक रूपमा कार्यालयमा उपस्थित हुनु नपर्ने एनओसी शाखाले जनाएको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

धेरै पढिएको